punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्याङ्जा २ मा धनराज गुरुङ विजयी, २ हजार मत गन्न बाँकी रहँदा ५ हजारको अग्रता

Chaupati
safha napa

स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना नसकिँदै कांग्रेस सभापति धनराज गुरुङ विजयी भएका छन् ।

७० हजार १९१ मतमध्ये ६८ हजार ५ सय गणना हुँदा धनराजले पाँच हजार भन्दा बढी मतको अग्रता लिएका छन् ।

२ हजार मत गन्न बाँकी रहँदा ५ हजारले अग्रता लिएपछि गुरुङको विजय जुलुस शुरु भएको छ ।

गुरुङले ३० हजार ९६८ मत पाएका छन् भने एमालेकी पद्मा अर्यालले २५ हजार २०३ मत पाएकी छन् ।

प्रदेश २ मा पनि कांग्रेसकै महेश भट्टराईको जित निश्चित भएको छ ।


१७ मंसिर २०७९, शनिवार २०:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु