कञ्चनपुर २ बाट कांग्रेसका एनपी साउँद विजयी
कञ्चनपुर २ बाट नेपाली कांग्रेसका एनपी साउँद विजयी भएका छन् ।
उनले नेकपा एमालेका नरबहादुर धामीलाई पराजित गरेका हुन् ।
साउँदले २८ हजार १ सय मत ल्याए । यस्तै धामीले २१ हजार ६४५ मत पाएका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका झंकर राज जोीले ४ हजार ९३१ मत पाए ।
८ मंसिर २०७९, बिहीवार ०५:५९ बजे प्रकाशित































