डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित
डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका प्रेमबहादुर आले निर्वाचित भएका छन् । बिहिबार बिहान मतगणना सम्पन्न हुँदा आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका हुन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २१० मत प्राप्त गरे । एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गरिन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत पाए ।
कुल १ लाख २४ हजार ८७० मतदाता रहेकामा ६३ हजार ५५२ मत खसेको थियो, जसमध्ये ४ हजार ९६९ मत बदर भए ।
८ मंसिर २०७९, बिहीवार ०६:३२ बजे प्रकाशित































