punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अघिल्लो पटक दोब्बर मतले विजयी भएकी बिना मगर अहिले झन्डै दोब्बर मतले पछि 

Chaupati
safha napa
अघिल्लो पटक दोब्बर मतले विजयी भएकी विना मगर अहिले दोब्बर मतले पछि परेकी छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार तारा लामा तामाङसँग सत्ता गठबन्धनबाट उम्मेदवार भएकी माओवादी केन्द्री उम्मेदवार मगर दोब्बर मतले पछि परेकी हुन् ।
१५,७६३ मत गणना हुँदा सम्म एमालेका तामाङले ८०६८ मत पाएका छन् । माओवादीकी मगरको ४३६२ मत छ ।
अघिल्लो पटक विना मगर यही क्षेत्रबाट १९ हजार ५ सय ८४ मतान्तरले विजयी भएकी थिइन् । बिनाले ३९ हजार २१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार ४३७ मत प्राप्त गरेका थिए ।
अहिले उनका अघिल्लो पटकका प्रतिस्पर्धी सहयात्री भएर गठबन्धनमा उत्रिएका छन् भने अघिल्लो पटकको गठबन्धनको सहयात्री भएका तामाङ अहिले प्रतिस्पर्धी भएर मगरसँग जुधिरहेका छन् ।

७ मंसिर २०७९, बुधवार १०:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु