punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस सभापतिलाई कारबाही गर्न राना थारु समाजको माग

Chaupati
safha napa

नेपाल राना थारु समाजले राना थारु समुदायमाथि आँच आउने गरी अभिव्यक्ति दिएको भन्दै नेपाली कांग्रेस कैलालीका जिल्ला सभापति नारायण दत्त भट्टलाई कारबाही गर्न माग गरेको छ ।

समाजका कार्यवाहक अध्यक्ष कमलसिंह रानाले आज एक विज्ञप्ति जारी गर्दै जिल्ला सभापति भट्टलाई जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय नियमावली, २०७४ को समेत उलङ्घन गरेको भन्दै कारबाहीको माग गरेका हुन् ।

‘प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनि रानाको नामलाई लिएर राना थारुहरू ठग र तल्लो दर्जाको नागरिक हुन् । यस समुदायका मान्छेलाई भोट दिन हुन्न भन्ने आशयले दिएको अभिव्यक्तिले राना थारु समुदायको घोर अपमान मात्रै भएको छैन, जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय नियमावली, २०७४ को समेत उलङ्घन गरेको छ’ विज्ञप्तिमा भनिएको छ ‘नेपाली काँग्रेस कैलालीका जिम्मेवार नेताको यस्तो गैर जिम्मेवार, अराजनैतिक, गैर कानुनी र अराजक अभिव्यक्तिले राना थारु समुदायको स्वाभिमान माथि ठूलो आघात पुगेको छ । यस्ता द्वेषपूर्ण भावना सृजना गरी मिलेर बसेको समुदायबिच द्वन्द्व फैलाउने अवस्था पैदा गर्ने कार्यका विरुद्ध राज्यसँग कानुन बमोजिमको कारबाही गर्न समेत राना थारु समुदाय जोडदार माग गर्दछ ।’

सभापति भट्टले सत्ता गठबन्धनको कार्यक्रममा एमालेका उम्मेदवार नारदमुनि राना र नेपालु चौधरीको नाम लिँदै अपमानपूर्ण अभिव्यक्ति दिएका थिए ।


२५ कात्तिक २०७९, शुक्रवार २१:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु