सुनको मूल्य स्थिर, चाँदीको घट्यो
बिहीबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको प्रतितोला मूल्य बुधबारकै मूल्यमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९५ हजार ५ सय र तेजावी सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ । बिहीबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ तोकिएको छ ।
२४ कात्तिक २०७९, बिहीवार १३:०१ बजे प्रकाशित































