punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गगन थापाको आग्रह: कांग्रेसको प्रधानमन्त्री फेर्ने हो भने मलाई जिताउनुस्

Chaupati
safha napa

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसमा नेतृत्व परिवर्तनका लागि आफूलाई काठमाडौं ४ बाट निर्वाचित गर्नुपर्ने बताएका छन् ।

काठमाडौं ४ मा बसोबास गर्ने काभ्रेलीहरूको भेलालाई सम्बोधन गर्दै सोही क्षेत्रका उम्मेदवार समेत रहेका महामन्त्री थापाले सबै मतदातासम्म पुग्ने समय आफूलाई नभएकाले कांग्रेसमा दलको नेतृत्व परिवर्तन गरेर १० वर्ष मुलुक चलाउन आफ्नो लागि मत मागिदिन आग्रह गरे ।

थापाले भने- अब मंसिर ४ को चुनावपछि कुनै पनि पार्टीभित्र संसदीय दलको नेता चुनाव हुनेवाला छैन । भयो भने एउटा नेपाली कांग्रेसमा हुन्छ । कांग्रेसमा पनि क्षेत्र नम्बर ४ बाट तपाईँले दलको नेतामा चुनाव लड्ने मान्छे जिताएर पठाए मात्र चुनाव हुने हो ।

यहाँ सबैलाई ठूलो परिवर्तन चाहिएको छ तर त्यो परिवर्तन गर्ने ठाउँ भनेको महाधिवेशन र संसदीय दल हो । जहाँ गएर लडाइ लड्ने हो,प्रतिस्पर्धा गर्ने हो त्यहाँ उम्मेदवार बन्ने मान्छे जितेर त जानुपर्‍यो नि ।


२३ कात्तिक २०७९, बुधवार १६:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु