निर्वाचन आयोगले भन्यो तोसिमालाई घण्टी नबजाउन भनिएको छैन
ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार डा. तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार गर्नमा रोक नलगाइएको निर्वाचन आयोगले स्पष्ट पारेको छ ।
आयोगको आधिकारिक फेसबुक पेजमार्फत आयोगले यस्तो प्रष्टीकरण दिएको हो ।
आयोगले भनेको छ, ‘प्रतिनिधिसभा सदस्य उम्मेदवार तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न निर्वाचन आयोगले कुनै पनि निर्देशन नदिएको प्रस्ट पारिन्छ।’
२३ कात्तिक २०७९, बुधवार १७:११ बजे प्रकाशित













