कैलाली उद्योग वाणिज्य संघद्वारा बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध प्रदर्शन

कैलाली उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाहरुले लगाउदै आएको चर्को ब्याजदरविरुद्ध प्रदर्शन गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदरविरुद्ध संघले आज धनगढीमा शान्तिपूर्ण र्याली प्रदर्शन गरेको हो ।

अस्वभाविक रूपले बढेको ब्याजदरले व्यवसाय सञ्चालन गर्नै समस्या भएको भन्दै जिल्लाका उद्योगी, व्यवसायी विरोधमा उत्रिएका छन् । बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरको विरोध गर्दै बुधबार धनगढीको ट्राफिक चौराहदेखि नेपाल राष्ट्र बैँक धनगढीसम्म शान्तिपूर्ण र्याली प्रदर्शन गरेका हुन् ।

नेपाल राष्ट्र बैंकको चालु पुँजी कर्जा मार्ग निर्देशिका २०७९ मा गरिएको व्यवस्था र कर्जाको ब्याजदरमा भएको अस्वभाविक वृद्धिले उद्योग व्यवसाय नै धरासायी हुने भन्दै विरोधमा उत्रिनु परेको संघका  अध्यक्ष पुष्पराज कुँवरले बताए।

धनगढी उप–महानगरपालिकाका नगरप्रमुख गोपाल हमाल समेत विरोध प्रदर्शनमा सहभागी  थिए।

No description available.


२३ कात्तिक २०७९, बुधवार १६:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु