दार्चुलाको दुई गाउँपालिकामा सार्वजनिक बिदा
दार्चुलाको दुई गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ ।
राष्ट्रको सातौं धामको रुपमा परिचित मालिकार्जुन धाममा जात्रा भएकाले सार्वजनिक बिदा दिइएको दुवै स्थानीय तहहरुले सूचना प्रकाशन गर्दै जानकारी दिएका छन् ।
आइतबार र सोमबार मालिकार्जुन धाममा जात्रा लाग्ने भएकाले नगरपालिका र गाउँपालिका क्षेत्रभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।
प्रसिद्ध मालिकार्जुन धाममा कार्तिक शुक्ल त्रयोदशी र चतुर्दशीका दिन मेला लाग्ने गर्दछ । सो मेलामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् । शैल्य मालिकार्जुनको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।
२० कात्तिक २०७९, आइतवार १३:२४ बजे प्रकाशित































