punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सशस्त्रका २ जना सई निलम्बित

Chaupati
safha napa

आचरण विपरीत काम गर्ने २ जना सशस्त्र प्रहरी नायब निरीक्षक (सई)लाई निलम्बनमा परेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर–२८ गण कपिलवस्तुमा कार्यरत सई गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सई कृष्णबहादुर मगरलाई निलम्बन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

कात्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीलाई पुर्याइ कार्यालय फर्कने क्रममा गाडी दुर्घटना भएको थियो । जसको नेतृत्व सुवेदीले गरेका थिए । जिम्मेवारी सही ढङ्गले निर्वाह नगर्दा दुर्घटना भएको र कारबाहीको प्रक्रिया अगाडि बढेको सशस्त्र प्रहरीले जनाएको छ । दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै, असोज २० गते भारतीय भूमिमा मृत्त भेटिएका असई सत्य नारायण यादवको घटनामा प्रारम्भिक छानबिन गर्दा विभागीय नीति तथा आदेश विपरीत काम गरेको देखिएकाले सई मगरलाई पनि निलम्बन गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।


१५ कात्तिक २०७९, मंगलवार ११:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु