एमालेका सूर्य थापा र महतोलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
निर्वाचन आयोगले नेकपा एमालेका दुई जना उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले आचारसंहिता उल्लघन गरेको महतोलाईभन्दै प्यूठान जिल्लाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका सूर्यबहादुर थापालाई र धनुषा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार जुलीकुमारी महतोलाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्यदृश्य सामग्री प्रयोग गरेको भन्दै थापालाई स्पष्टीकरण सोधिएको र महतोले तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी सूर्य निर्वाचन चिन्हमा मत मागेको भन्दै स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।
१२ कात्तिक २०७९, शनिवार २०:५९ बजे प्रकाशित






























