punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुला घटनामा ओलीको प्रश्न- देउवाको मौनता कहिलेसम्म ?

Chaupati
safha napa

भारतले सडक विस्तार गर्दा उछिट्टिएर आएको ढुंगाले लागेर नेपालीको ज्यान गुमाएको घटनामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग प्रश्न गरेका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई जयसिंह धामीलाई तुइन काटेर मारिएको घटनामा जस्तै मौनता कहिलेसम्म बस्ने भनेर प्रश्न गरेका छन् । शनिबार सामाजिक सञ्जालमा लेख्दै दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराको मृत्यु भएको घटनामा दुःख व्यक्त गरेका हुन् ।

शुक्रबार दार्चुलास्थित महाकालीपारि पिथौरागढ जिल्लामा धार्चुला तहसिलमा सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा उछिटिएर आएको ढुंगाले लागेर १४ वर्षीय पवन महराको मृत्यु भएको थियो ।

ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरासहित केही स्थानीय घाइते समेत भएका थिए । सो घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन पनि ओलीले माग गरेका छन् ।

‘घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु,’ उनले भने, ‘तुइन काटेर गत वर्ष जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म रु’


१२ कात्तिक २०७९, शनिवार १७:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु