punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मजबुत बन्दै दिगो सामुदायिक तथा वातावरण संरक्षण बहुउद्देश्यीय सहकारी संस्था

Chaupati
safha napa

दिगो सामुदायिक तथा वातावरण संरक्षण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड आर्थिक रुपमा मजबुत तथा सक्षम बन्दै गएको छ । संस्थाको १६ औं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार आर्थिक रुपमा मजबुत र सवल बन्दै गएको हो ।
आर्थिक वर्ष २०७८÷७९ मा संस्थाको शेयर पुँजी एक करोड ५२ लाख २९ हजार एक सय रुपैयाँ रहेको छ भने तीन करोड २४ लाख ६५ हजार आठ सय ४० रुपैयाँ बचत रहेको छ । जुन अघिल्लो आर्थिक वर्ष भन्दा १२ लाख ७९ हजार ५ सय ९० रुपैयाँले वृद्धि भएको छ ।

संस्थाले आयआर्जन, बायो ग्याँस, युवा स्वरोजगारलगायतका क्षेत्रमा ऋण लगानी गर्दै आएको छ । जस अन्तर्गत संस्थाले अहिलेसम्म १ करोडा ८१ लख ५४ हजार १ सय २ रुपैयाँ ऋण लगानी गरेको छ । ३० जना शेयर सदस्यबाट २०६४ सालमा स्थापना भएको संस्थामा हाल २ हजार १ सय ३४ जना शेयर सदस्य रहेका छन् ।
साधारण सभा कार्यक्रममा उत्कृष्ट बचतकर्ता भिजन चौधरी र समियोग कठरिया, उत्कृष्ट नियमित बचतकर्ता थाना पाण्डे र धनादेवी सोव, बचत तथा ऋणकर्ता पुष्पा कठरिया र खडानन्द पौडेल र उत्कृष्ट बचत समूहमा बासुदेव मिश्रलाई सम्मान तथा नगद पुरस्कारले सम्मानित गरिएको थियो ।
संस्थाका अध्यक्ष पुष्कलबहादुर बमको अध्यक्षतामा शनिबार सम्पन्न भएको साधारण सभामा घोडाघोडी नगरपालिकाका प्रमुख खडकबहादुर रावत प्रमुख अतिथि रहेका थिए भने घोडाघोडी मञ्चका अध्यक्ष हेमबहादुर बम विशिष्ट अतिथि रहेका थिए ।

No description available.

संस्थाको लेखा प्रतिवेदन संस्थाका कमलाकुमारी भण्डारीले प्रस्तुत गरेकी थिइन् भने प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष बमले प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्ययोजना संस्थाका लेखा समिति संयोजक नरबहादुर देउवाले प्रस्तुत गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष प्रेमराज सापकोटाले गरेका थिए भने कार्यक्रमको सञ्चालन इन्द्रबहादुर बमले गरेका थिए ।

 


१२ कात्तिक २०७९, शनिवार २१:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु