पिकनिक खान गएका दुई युवक भेरी नदीमा बेपत्ता
सुर्खेतमा पिकनिक खान गएका दुई युवक भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ का १८ वर्षीय दिपक थापा र १८ वर्षीय चन्द्र बिसी रहेका छन् । शनिबार भेरी नदीमा पौडी खेल्ने क्रममा उनिहरू बेपत्ता भएको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेशीमलका प्रमुख (एसपी) विमल डाँगीले जानकारी दिए ।
तिहारमा भैली खेलेर उठेको पैसाले उनीहरू भेरीगंगा नगरपालिकाको सत्तरीमा पिकनिक खान गएमा थिए । एसपी डाँगीका अनुसार बेपत्ता खोजी कार्य भइरहेको छ ।
१२ कात्तिक २०७९, शनिवार १७:५३ बजे प्रकाशित






























