काठमाडौंको बालाजुमा भीषण आगलागी
बालाजुमा आगलागी भएको छ । बालाजुको लोलाङ हाइटस्थित एक जुत्ता कारखानामा भीषण आगलागी भएको हो ।
आगो नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालित भएका छन् । अहिले घटनास्थलमा ४ वटा दमकल र आधा दर्जन पानी ट्यांकर पुगेका जानकारी गराइएको छ ।
के कारण आगलागी भयो भन्नेबारे अहिले कुनै पनि जानकारी गराइएको छैन ।
७ कात्तिक २०७९, सोमवार २१:०८ बजे प्रकाशित






























