बाजुरामा अटोबाट खसेर एकजनाको मृत्यु
बाजुरामा अटोबाट खसेर एकजनाको मृत्यु भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका-१ स्थित साँफे-मार्तडी सडकखण्डमा सुपप्र ०१ ००१ ह ४०६३ नम्बरको अटोबाट खसेर बुढीगंगा-२ का अन्दाजी ४५ वर्षीय मोति लुहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार अटोबाट खसेर घाइते भएका उनको मार्तडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। अटो चालक बडीमालिका नगरपालिका-४ का ३२ वर्षीय नरजन बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अटोमा चालकसहित तीन जना सवार रहेका थिए ।
३ कात्तिक २०७९, बिहीवार २१:१६ बजे प्रकाशित































