punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्वाचन आयोगका गतिविधिप्रति सत्ता गठबन्धनका नेताहरु असन्तुष्ट

Chaupati
safha napa

निर्वाचन आयोगका गतिविधिप्रति सत्ता गठबन्धनका नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । कैलाली क्षेत्र नम्बर ४ को प्रदेश ‘क’मा चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले आयोगप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । नेपाली कांग्रेसका प्रदेश सभापति तथा प्रतिनिधि सभा कैलाली क्षेत्र नम्बर ४ का बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार वीरबहादुर बलायरले पार्टीबाटै जितेका जनप्रतिनिधि र शुभेच्छुक संस्थाका प्रतिनिधिलाई निर्वाचन गतिविधिमा संलग्न हुनबाट वञ्चित गरेको भन्दै रोष प्रकट गरे । उनले भने,‘नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले रौतटहको चुनावी सभालाई सम्बोधन गर्दै बोलेको सामान्य शब्दलाई लिएर निर्वाचन आयोगले पत्र काट्यो । हामी इमान्दारपूर्वक निर्वाचन आयोगको आचार संहितामा हस्ताक्षर गरेका छौँ ।

उल्लङ्घन गर्दैनौ र गर्न पनि दिँदैनौँ । तर, केपी ओलीको इशारामा मुख्य निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उच्छृङखल गतिविधि गर्दैछन् ।’ त्यस्तै नेपाल कम्युनिष्ट पार्टी ९समाजवादी० का केन्द्रीय सदस्य तथा कैलाली क्षेत्र नम्बर ४ को प्रदेश सभा ‘क’का बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार दीर्घबहादुर सोडारीले केपी ओलीले संवैधानिक अंगलाई प्रभावित पार्दै अग्रगमनहरु माथि प्रहार गर्न थालेको बताए ।

उनले भने,‘राष्ट्रपति विद्यादेवी भण्डारी र निर्वाचन आयोगलाई दवाव दिएर ओलीले तिक्डम अपनाउन थालेका छन् । कम्युनिष्टको खोल ओढेर राजावादी र प्रतिगमनकारीसँग मिलेर गणतन्त्रमाथि प्रहार गरे ।’ उनले चुनावी सभालाई सम्बोधन गर्दै क्षेत्र नम्बर ४ मा गरेको विकास र ल्याएको बजेट तथा आफूले गरेका कामको फेरहिस्त व्याख्या गरे । चुनावी सभालाई नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य लक्षिराम आचार्यले निर्वाचन आयोगका गतिविधिप्रति शंका उत्पन्न भएको बताए ।

जनताको ठूलो बलिदानीबाट प्राप्त लोकतन्त्रको सुन्दर पक्षलाई अंकुश लगाउँदै ओलीको ईशारामा निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियाले आज जनप्रतिनिधिको भागाभाग भएको उनले बताए । ‘हिजो यिनै झण्डामुनि रहेर चुनाव जितेका जनप्रतिनिधिहरुले आज आफ्नै नेताहरुका लागि भोट माग्नसम्म डराउनुपर्ने स्थिति सिर्जना भएको छ,’ उनले भने,‘प्रतिगमनका मतियार केपी ओलीको ईशारामा निर्वाचन आयोगको यस्तै गतिविधि भइरहेको छ, त्यसका विरुद्धमा जनताले चुनावी मैदानबाटै तह लगाउनु नपरोस् ।’


३ कात्तिक २०७९, बिहीवार २०:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु