punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घट्यो सुनको मूल्य

Chaupati
safha napa

सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले सस्तिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैयाँले घट्दै ९५ हजार २ सय रुपैयाँमा झरेको हो ।

दसैंपछि एकैपटक आइतबार खुलेको बजारमा ३ हजार रुपैयाँले बढेर सुनको मूल्य ९६ हजार रुपैयाँमा पुगेको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै घट्दै ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैयाँले घट्दै आज १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।


२४ असोज २०७९, सोमवार १५:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु