punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठमाडौंमा भारतीय नागरिकको हत्या, एक पक्राउ

Chaupati
safha napa

काठमाडौं–१९, रामघाटमा दशैंको टिकाको दिन एक भारतीय नागरिकको वीभत्स हत्या भएको खुलेको छ ।

हेमन्त महर्जनको घरमा डेरा गरेर बस्ने भारत, कोलकाताका ४७ वर्षीय दिलिप आदकको हत्या भएको प्रहरीले जनाएको छ । उनको १९ असोजमा हत्या भए पनि प्रहरीले सार्वजनिक गरेको थिएन ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले हालै घटनामा संलग्न रहेको आरोपमा पर्साको बहुदरमाई नगरपालिका–२, हांसवाका २५ वर्षीय राजाबाबु भनिने श्रीलाल ठाकुरलाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाका अनुसार ठाकुर र मृतक केही महिनादेखि सँगै काम गर्दै आएका थिए ।

टिकाको दिन कोठा बाहिर ताल्चा लगाएको अवस्थामा भित्रबाट गन्ध आएपछि घरका अन्य मानिसहरुले प्रहरीलाई खबर गरेका थिए । त्यसक्रममा आदकको शव रगताम्ये अवस्थामा भेटिएको थियो ।

‘अनुसन्धानका क्रममा ठाकुरले उनको हत्या गरेर कपडाले छोपेर बाहिरबाट ताला लगाएर गएको पाइएको छ’, कोइरालाले भने, ‘घटनापछि फरार उनलाई खोजी गर्ने क्रममा उनलाई हालै पक्राउ गरिएको हो ।’

प्रहरीले घटनास्थलमा रहेको एउटा बाकस फुटाउन खोजेको र आधा भाग बाँकी रहेको फेला पारेको थियो । त्यसको आधा भागमा नगद ४ लाख १९ हजार रुपैयाँ बरामद भएको थियो ।

प्रहरीका अनुसार आदकलाई काठ च्याप्न प्रयोग हुने ३ फुट २ इनच लामो सकिन्जाले सुतिरहेको अवस्थामा टाउकोमा हानेर हत्या गरिएको देखिएको छ ।


२४ असोज २०७९, सोमवार १५:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु