punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा आईतबार देखि बिजुली छैन

Chaupati
safha napa

कैलालीको गोदवरिमा बिजुलिको टावर ढले पछि आईतबार बेलुकी देखि सुदूरपश्चिमका सात वटा पहाडी जिल्लाहरुमा बिजुली छैन । आईतबार बेलुकी ६:०० बजेको समयमा गोदवरिको भ्यागुतेपानीमा बिजुलिको टावर ढलेको बिद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख निरंजन शाहले जानकारी दिए ।

बिजुली नहुदा सात पहाडी जिल्लाका स्थानीयको जनजीवन प्रभावित भएको छ । आईतबार राती स्थानीय अन्धकारमा बस्न बाध्य भए । बिद्युतबाट हुने काम्काज ठप्प छन । टावर भत्किए पछि वैकल्पिक उपायको काम भइरहेको उनले बताए । पोल गाड्ने र पुरानो लाईनबाट बिद्युत प्रवाह गर्ने काम भइरहेको उनले बताए।

पुरानो लाईनबाट ल्याउदा भार धेरै हुने र बेला बेलामा बत्ती जाने समस्या हुने उनले बताए। मौसम बदली र हल्का बर्षाले काम गर्न समस्या भइरहेको छ । उनले भने, आज बेलुकी सम्म बत्ती बाल्ने प्रयास गरिरहेका छौ।


२४ असोज २०७९, सोमवार १०:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु