punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नागरिक उन्मुक्ति पार्टीले लगायो उम्मेदवारको टुङ्गो

Chaupati
safha napa

कैलालीमा प्रतिनिधी र प्रदेश सभा सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ। पार्टी केन्द्रीय कमिटीको बैठकले कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधी सभा सदस्यमा रञ्जिता श्रेष्ठ, प्रदेश सभा ‘क’ मा कैलाश चौधरी, प्रदेश सभा ‘ख’ मा लक्ष्मण किशोर चौधरीलाई उम्मेदवार बनाउने भएको छ।

क्षेत्र नम्बर २ मा प्रतिनिधी सभा सदस्यमा अरुण चौधरी, प्रदेश सभा ‘क’ मा रतन थापा, प्रदेश सभा ‘ख’ मा रामेश्वर चौधरीलाई उम्मेदवार बनाएको छ। यस्तै क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा गंगाराम चौधरी, प्रदेश सभा ‘क’ मा धनश्याम चौधरी, प्रदेश सभा ‘ख’ मा खुशीराम चौधरीलाई उम्मेदवार बनाएको छ।

क्षेत्र नम्बर ४ मा प्रतिनिधी सभा सदस्यमा कैया चौधरी, प्रदेश सभा ‘क’ मा राजेन्द्र देवकोटा, प्रदेश सभा ‘ख’ कमल राज भाटलाई उम्मेदवार बनाएको छ। क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभामा लक्ष्मण चौधरी र प्रदेश सभा ‘क’ मा श्रीराम चौधरी र प्रदेश सभा ‘ख’ मा गोठु चौधरी उम्मेदवार बन्ने पार्टीले टुंगो लगाएको बताएको छ।

 


२२ असोज २०७९, शनिवार १९:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु