punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रपति भण्डारी शिक्षण अस्पताल भर्ना

Chaupati
safha napa

राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना हुनुभएको छ । राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य परीक्षणका लागि उहाँ अस्पताल भर्ना हुनुभएको उनको मुख्य स्वकीय सचिव डा। भेषराज अधिकारीले जानकारी दिए ।

“राष्ट्रपतिज्यूको शिक्षण अस्पतालमा रगतसहित अन्य स्वास्थ्य परीक्षणको काम भइरहेको छ, भाइरल ज्वरो बढेपछि डेङ्गी रोग हो कि भनेर परीक्षण गराउनुभएको हो, रिपोर्ट आएपछि रोगबारे जानकारी होला ।”

स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपति भण्डारीलाई शुक्रबारदेखि रुघाखोकी र ज्वरो आएको थियो । स्वास्थ्य परीक्षणपछि आउने रिपोर्टका आधारमा अस्पतालमा भर्ना कायम रहने वा नरहने टुङ्गो लाग्ने अधिकारीले बताए।


२२ असोज २०७९, शनिवार १४:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु