सुदुरपश्चिममा यस्तो छ सत्ता गठबन्धनको भागबण्डा
सुदूरपश्चिमका १६ प्रतिनिधि सभा सिटबाट सत्ता गठबन्धनका नेपाली कांग्रेसले ९, माओवादीले ४ र एकीकृत समाजवादीले ३ सिट पाउने गरी बाँडफाँड गरेका छन्।
कांग्रेसले कैलालीको निर्वाचन क्षेत्र नम्बर १, ४ र ५, कञ्चनपुरका २ र ३, अछाम- २, बाजुरा, दार्चुला र डडेल्धुरा पाएको छ। माओवादी केन्द्रको भागमा कैलाली २ र ३, कञ्चनपुर १ र बैतडी पेरेका छन्। एकीकृत समाजवादीले भने डोटी, अछाम र बझाङमा उम्मेद्वार उठाउने सहमती भएको छ।
२२ असोज २०७९, शनिवार १०:११ बजे प्रकाशित













