तिंकरमा हिमपात, जनजीवन प्रभावित
तीन दिनदेखि लगातार परेको वर्षापछि व्याँस गाउँपालिका–१को छाङ्गरु र तिंकरमा हिमपात सुरु भएको छ । शुक्रबार बिहानबाटै हिमपात सुुरु भएको हो । चीनको सीमानजिकै रहेको तिंकर गाउँ र भारतीय अतिक्रमणमा रहेको कालापानीनजिकैको गाउँ छाङ्गरुमा हिमपात सुरु भएको हो ।
अहिलेसम्म ६इन्चको हाराहारीमा हिउ जमेको तिंकरका स्थानीय खेमराज तिंकरीले जानकारी दिए। हिउँ पर्ने क्रम जारी रहेको छ । हिउँ पर्न थालेका कारण चिसो अत्याधिक बढेको छ । यो वर्षको पहिलो पटक गाउँमा हिउँ आएको हो । छांगरु र तिंकरका यी गाउँ समुद्री सतहबाट ३२ सय मिटर उचाईमा छन् । हिउँ परेपछि चरिचरनमा समस्या भएको छ । चिसो बढेका कारण स्थानीय आगो तापेर दिन बिताउन बाध्य छन्
२२ असोज २०७९, शनिवार ०९:५३ बजे प्रकाशित













