बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिक गए राति भएको बस दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् ।
मृत्यु हुनेमा झापाको दमकका ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ की ५१ वर्षीया कल्पना राजवंशी रहेका छन् ।
घाइतेमध्ये ६ जना गम्भीर छन् । काठमाडौंबाट दमकतर्फ जाँदै गरेको ना ७ ख २०३२ नम्बरको बस अनियन्त्रित भएर नालीमा खसेको प्रहरीले जनाएको छ ।
१७ असोज २०७९, सोमवार १२:३० बजे प्रकाशित































