punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बजारमा सुन अभाव

Chaupati
safha napa

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । बजार मागको बेवास्ता गर्दै अत्यन्तै न्यून मात्रामा सुनको आपूर्ति हुँदै आएकाले बजारमा चरम अभाव सिर्जना भएको भन्दै महासङ्घले तत्काल आपूर्ति व्यवस्थामा सुधार गर्न आग्रह गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीसँग मङ्गलबार सिंहदरबारमा भेट गरी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको प्रतिनिधि टोलीले कच्चा सुनको न्यून आपूर्तिले बजारमा परेको प्रभावका बारेमा जानकारी गराएको हो । सल्लाहकार सुवेदीले यस विषयमा सम्बन्धित निकायमार्फत पहलकदमी अगाडि बढाइने आश्वासन दिए ।

पछिल्लो समयमा दैनिक १० केजी सुन वैधानिक तरिकाबाट आपूर्ति हुँदै आएको छ । विगतका वर्षमा सिजनको समयमा दैनिक २५ किलो सुन आयात हुन्थ्यो । महासङ्घका अध्यक्ष शाक्यले दशैँका बेला बजारमा सुनको माग बढेकाले त्यसको अभाव रहेको बताए ।

बजारमा अहिले दैनिक २५ देखि ३० किलो सुनको माग छ, १० केजी मात्र आपूूर्ति हुुँदा त्यसको अभाव भएकाले सुनको कोटा बढाउनुुपर्ने उनले बताए। दशैँ सुरु भएसँगै बजारमा सुनका गहना किन्नेको सङ्ख्या बढ्दै गएको व्यवसायीहरूले बताएका छन् ।


१६ असोज २०७९, आइतवार १०:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु