punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठमाडौंका मेयर बालेन अस्वस्थ, डेंगु संक्रमण ढाकछोप ?

Chaupati
safha napa

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह अस्वस्थ भएका छन् । उनलाई केही दिनअघि डेंगु संक्रमण देखिएको निकट स्रोतले बतायो । हाल घरमै आराम गरिरहेका बालेनको अवस्था अहिले सुधारोन्मुख रहेको स्रोतको भनाइ छ । पछिल्लोपटक उनी गत बिहीबार एक सार्वजनिक कार्यक्रममा देखिएका थिए ।

बालेनसँगै उनका निकट सहयोगी कुमार बेनलाई पनि डेंगुभएको स्रोतले बतायो । उनी पनि अहिले वेड रेस्टमा छन । बालेनलाई डेंगु भएको खवर उनको सचिवालयले सार्वजनिक गरेको छैन ।

काठमाडौंमा डेंगु अनियन्त्रित भएर फैलिरहेका बेला यसको रोकथामलाई प्राथमिकतामा नराखेर दशैको मुखमा जनताको घर भत्काउदै हिडेको भनेर एकथरीले बालेनको आलोचना गरिरहेकाले खबर गोप्य राखिएको हुन सक्ने अनुमान छ ।

सहयोगी कुमार बेनले बालेनलाई डेंगु नभएर फूड पोइजनिङ भएको दावी गरे । अहिले ठिक हुन लागेको उनले जानकारी दिए । आफू पनि अस्वस्थ भएर आराम गरिरहेको उनले बताए ।

 


१६ असोज २०७९, आइतवार ०८:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु