punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बागमती मुख्यमन्त्री राजेन्द्र र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक

Chaupati
safha napa

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ। आमा मनमाया पाण्डेको बिहीबार (१३ असोज) बिहान निधन भएको हो। कान्छा भाइ दीपेन्द्रले बिहान ४ः१५ बजे फोन गरेर आमाको निधन भएको खबर गरेका सुरेन्द्रले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

‘भाई कान्छो (दिपेन्द्र)ले विहानै ४:१५ वजे फोन गरेर आमा बितेको खवर गर्यो। म भण्डारावाट काठमाण्डौं हिंडे । आज, भोली र पर्सि रत्ननगर, राप्ती र भरतपुरमा तय भएका कार्यक्रममा उपस्थित हुन असमर्थ भएको छु।’ सुरेन्द्रले फेसबुकमा भनेका छन्।

उनी पूर्व निर्धारित कार्यक्रमका लागि चितवनमा रहेका थिए। आमाको निधनको खबरपश्चात चितवनमा रहेका सुरेन्द्र काठमाडौं हिँडेको जानकारी गराएका छन्। त्यस्तै, हेटौडामा रहेका मुख्यमन्त्री पाण्डे पनि हेटौंडाबाट काठमाडौं फर्किएका छन्।


१३ असोज २०७९, बिहीवार ०८:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु