punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो

Chaupati
safha napa

देशभर डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ११ गतेसम्म मृतकको संख्या ३६ पुगेको छ भने संक्रमितको संख्या २७ हजार ५६९ पुगेको छ ।

हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै काठमाडौंमा नौ हजार ४९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ६ हजार ४९८ र भक्तपुरमा एक हजार ७६ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १७ हजार ७० पुगेको छ ।

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार ६९१ जनामा संक्रमण देखिएको छ । संक्रमितको संख्या दुई सयभन्दा माथि रहेका जिल्लामा काभ्रे, धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी, कैलाली र दार्चुला रहेका छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या दुईसयभन्दा कम रहेको महाशाखाको तथ्यांक उल्लेख गरिएको छ ।


१२ असोज २०७९, बुधवार १४:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु