punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सामाजिक विकास कार्यालयद्वारा बजेटको समिक्षा र अभिमुखीकरण

Chaupati
safha napa

नगढी( सामाजिक विकास कार्यालयले आर्थिक वर्ष २०७८/०७९ को समिक्षा र चालु आर्थिक वर्ष २०७९÷०८० को वार्षिक बजेट तथा कार्यक्रम अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार धनगढीमा आयोजित कार्यक्रममा कार्यालयले गत वर्ष गरेको कामको समिक्षा र चालु आर्थिक वर्षको बजेट माथि छलफल गरेको हो । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामाजिक विकास कार्यालयका निमित्त कार्यालय प्रमुख कुलराज सोतीले कार्यालयले गरेको गत आर्थिक वर्षको वार्षिक समिक्षा र चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम प्रस्तुत गरे । कार्यक्रम अनुसार सामाजिक विकास कार्यालयको २०७८ र ०७९ को कुल बजेट २५ करोड ९१ लाख ८७ हजार रहेकोमा २४ करोड ५२ लाख १३ हजार रुपैयाँ खर्च भएको छ । जसको ९४।६१ प्रतिशत खर्च भएको छ ।

जसमध्ये चालुतर्फ दुई करोड ४० लाख ६१ हजार रुपैयाँ, पुँजीगतर्फ २१ करोड ८७ लाख ४२ हजार, राष्टि«य युवा परिचालन कार्यक्रमतर्फ १० लाख २५ हजार र विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत १३ करोड ८५ लाख रुपैया खर्च भएको छ ।

कार्यालयका अनुसार गत वर्ष १९५ वटा योजनाहरु रहेका थिए । जसमध्ये १८६ वटा योजना कार्यान्वयन भएका छन् । कार्यान्वयनमा नआएका योजनाहरु ९ वटा छन् । सतप्रतिशत प्रगति भएका योजनाहरु १४० वटा, ९० प्रतिशत भन्दा माथि प्रगति भएका योजनाहरु ४१ वटा, ५० देखि ८९ सम्म प्रगति भएका योजनाहरु ४ वटा, ५० भन्दा कम प्रगति भएका योजनाहरु रहेको निमित्त कार्यालय प्रमुख सोतीले बताए । निर्माण बाहेका अन्य कार्यक्रमहरु १६ वटा र क्षमता विकासका तर्फका कार्यक्रमहरु गरिएको उनले बताए ।

कार्यालयको चालु आर्थिक वर्षको कुल बजेट ३८ करोड २९ लाख ७१ हजार रहेको छ । जसमा चालुतर्फ ६ करोड ९६ लाख ६४ हजार रहेकोमा हालसम्म १७ लाख रुपैयाँ खर्च भएको छ । पुँजीगत तर्फ ३१ करोड तीन लाख सात हजार रहेको छ । जसमा अहिलेसम्म खर्च हुन सकेको छैन । पुँजीगत अन्तर्गत सर्सत अनुदान तर्फ ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ । यसबाट पनि बजेट खर्च हुन सकेको छैन ।

चालु आर्थिक वर्ष कार्यालयमा दुई सय ३९ वटा योजनाहरु रहेका छन् । जसमध्ये पालिकागत योजनाहरु तीन हजार दुई सय ६४ वटा छन् । कार्याक्रममा बोल्दै मन्त्री रैकाले आगामी दिनमा सेवा र जनभावना अनुसार काम गर्न निर्देशन दिए । विगताका दिनमा योजनाहरुको काम सम्पन्न भएपनि प्राविधिकका केही समस्या देखिएको भन्दै उनले विगतका कमीकमजोरीलाई सचाएर अघि बढनुपर्ने बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंह, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।


९ असोज २०७९, आइतवार २२:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु