राजनीतिमा नेतृत्व तहमा महिलाको सहभागीता न्यून
राजनीतिमा नेतृत्वदायी तहमा महिलाको अझै पनि समान सहभागिता हुन नसकेको गुनासो गरेका छन् । धनगढीमा सम्पन्न एक कार्यक्रमका सहभागीहरूले अझै पनि राजनीतिमा महिलाको सहभागिताको न्यून रहेको उनीहरूले बताएका हुन् ।
डिसीए नेपालको आर्थिक सहयोग र दलित महिला अधिकार मञ्चको आयोजनामा भएको महिला तथा सीमान्तकृत समुदायको सहभागिता सवाल र चुनौती विषयक राजनीतिक दलसँग संवाद कार्यक्रम उनीहरूले समान सहभागिता हुन नसकेकोले राजनीतिमा महिलाको सहभागी बढाउन आवश्यक रहेको उनीहरूको ठहर छ ।
कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका वडा नम्बर ३ कि निवर्तमान वडा सदस्य राधा विकले आफूले यो पटकको स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा उठ्न खोज्दा आफ्नै पार्टीका सहकर्मीले साथ नदिएको र पार्टीले विश्वास नगरेको गुनासो गरिन्।
यस्तै कार्यक्रममा निर्वाचन आयोग सुदूरपश्चिम प्रदेशका निमित्त प्रमुख प्रेम भट्टले २०७४ सालको चुनावमा भन्दा यस वर्षको निर्वाचनमा महिला प्रतिनिधिहरूको सङ्ख्यामा कमी आएको बताए । कार्यक्रममा सुदूरपश्चिम प्रदेश र स्थानीय तहका वर्तमान र निवर्तमान जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।
७ असोज २०७९, शुक्रवार १७:०६ बजे प्रकाशित






























