कलाकार बुद्धि तामाङले गरे विवाह
कलाकार बुद्धि तामाङले विवाह गरेका छन् । उनले मकवानपुरकी अनु थिङसँग तामाङ संस्कृतिअनुसार शुक्रबार विवाह गरेका हुन् । उनको विवाह प्रकिया कौशलटारस्थित पार्टी प्यालेसमा चलिरहेको छ ।
उनको विवाह समारोहमा पुगेका कलाकारहरूले बधाई तथा शुभकामना प्रदान गरेका छन् ।
रंगमञ्चबाट कलाकारितामा प्रवेश गरेका उनी पछिल्लो समय फिल्ममा चर्चित छन् । उनी फिल्म ‘कबड्डी’बाट चर्चामा आएका हुन् । उनको ‘हैट’थेगो चर्चित छ ।
७ असोज २०७९, शुक्रवार १४:१८ बजे प्रकाशित































