नीजि क्षेत्र बजेटमैत्री नीति सरकारको प्राथमिकता: अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले नीजि क्षेत्र बजेटमैत्री नीतिलाई सरकारले प्राथमिकता दिएको बताएका छन् । शुक्रबार धनगढीमा कैलाली उद्योग वाणिज्य सङ्घको ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले ब्याजदर, महँगी लगायतका विषयमा चाँडै निष्कर्षमा पुगिने बताए ।
शर्माले ब्याजदर, हुन्डी कारोबार, महँगी नियन्त्रण लगायतका विषयमा बृहत् छलफल गर्न आइतबार सरोकारवाला सबैलाई बोलाइएको बताए । बजेटमै दुई दर समेटिएको उल्लेख गर्दै मन्त्री शर्माले अर्थतन्त्रका सुचालक सुधारात्मक रहेको बताए ।
उद्योग वाणिज्य सङ्घले उठाएको मागलाई आफूले सकारात्मक रुपमा लिएको बताउँदै उनले बजार अनुगमन स्वाभाविक भएपनि उद्योगी व्यवसायीलाई दुख दिने नियत राख्न हुँदैन भने ।
त्यस क्रममा मन्त्री शर्मासमक्ष कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले चर्को ब्याजदर, महँगी, अनुगमनका नाममा व्यवसायीलाई अनावश्यक दुःख दिने जस्ता कार्यले व्यापार व्यवसाय धरापमा पर्न सक्ने जोखिम रहेकाले छिट्टै समस्याको समाधान गरिदिन लगायतका माग समेटिएको ज्ञापनपत्र बुझाएका छन् ।
७ असोज २०७९, शुक्रवार १७:४० बजे प्रकाशित






























