punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जुरिखेत बस दुर्घटना अपडेट : मृतक छ जनाको सनाखत

Chaupati
safha napa

हेटौँडा कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा बिहीबार मिनीबस दुर्घटनामा मृत्यु भएका सातमध्ये छ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार मृत्यु हुनेमा बाराको जितपुर सिमरा नगरपालिका–२४ का २५ वर्षीय शेख अरमान, मकवानपुरको मकवानपुरगढी–३ का ४३ वर्षीय मदन विश्वकर्मा, वीरगञ्ज महानगरपालिका–३१ का ४५ वर्षीय हृदयनारायण पञ्जियार रहेका छन् ।

यस्तै भारत बिहारको मोतिहारीका २५ वर्षीय शरदनारायण शर्मा, नुवाकोटका ३४ वर्षीय रघुराज नेउपाने र बाराको झिटकैया–४ का ३३ वर्षीय अन्जुलाहा मियाँ ठकुराइको पनि मृत्यु भएको छ । मृतक एक जनाको सनाखत हुन बाँकी छ ।

गम्भीर घाइते चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा अन्य २१ घाइतेको हेटौँडा अस्पतालमा हुँदैछ ।


७ असोज २०७९, शुक्रवार १२:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु