अनशनरत गोविन्द केसी अस्पताल भर्ना
अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेपछि उनी अस्पताल भर्ना भएका छन् ।
७ बुँदे मागसहित धनगढी कृष्णमन्दिरको धर्मशालामा अनशन सुरू गरेका डा. केसीको तेस्रो दिनदेखि टाउको दुख्ने, मांसपेशी दुख्नेजस्ता समस्या देखिएकाले सेती प्रादेशिक अस्पतालमा सारिएको हो ।
केसीको साथमा रहेका डा।अमृत जैशीका अनुसार मांसपेशी दुख्ने, बाउडिने, बोल्न गाह्रो हुने लक्षण देखिएको छ । केसीको रगतमा सुगरको मात्रा पनि घटेको छ ।
सत्याग्रहका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई धनगढीस्थीत सेती प्रादेशीक अस्पतालको क्याविनमा भर्ना गरिएको उनका सहयोगी डाक्टर अमृत जैशीले बताए ।
डा केसीले विभिन्न ७ बुदेँ माग राखेर सत्याग्रह थालेका छन् । डा केसी अनसन बसेको तेस्रो दिन भइसक्दा समेत उनको मागप्रति सरकारले कुनै प्रतिक्रिया दिएको छैन । तर सत्याग्रही केसीको स्वास्थ्य अवस्था भने समस्या देखिएको छ ।
२९ भदौ २०७९, बुधवार २०:५० बजे प्रकाशित































