मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
डोटीमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। शुक्रबार साँझ जोरायल गाउँपालिका–१ मणिपुरका ३४ वर्षीय भूपेन्द्र मल्लको मृत्यु प्रहरीले जनाएको छ।
मणिपुर सडक खण्डमा सुप प्र ०१-०११ प ३५४६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मल्लको मृत्यु भएको हो। उनी बजारबाट पसलको सामान लिएर घर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परेका थिए।
२५ भदौ २०७९, शनिवार ०९:२१ बजे प्रकाशित































