punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शैक्षिक सत्रको चार महिना बित्यो, बझाङका विद्यार्थीले पाएनन् पाठ्यपुस्तक

Chaupati
safha napa

शैक्षिक सत्र सुरु भएको चार महिना बित्नै लाग्दा पनि बझाङका सामुदायिक विद्यालयका विद्यार्थीले अझै पाठ्यपुस्तक पाएका छैनन्। यसबाट पठनपाठन प्रभावित भएको छ। जिल्लामा गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक पाउन नसकेका हुन्। विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका हुन्।

जिल्लाका दुर्गम भेगका विद्यालयमा मात्रै होइन सरदमुकाम चैनपुर बजारकै सत्यवादी माध्यमिक विद्यालय, बालमन्दिर आधारभूत विद्यालय लगायतमा पनि पाठ्यपुस्तकको अभाव भएको छ। किताब नपाउँदा अध्ययनमा समस्या भएको सत्यवादी माध्यामिक विद्यालयका विद्यार्थी मिलन सिंहले बताए।

नयाँ किताब नआउँदा पुराना किताब साथीहरुसँग मिलेर पढ्नुपर्ने अवस्था आएको साइपाल गाउँपालिकामा रहेको धलौन माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत लवकुमार धामीले जानकारी दिए। जिल्ला सदरमुकाममै पढ्ने विद्यार्थीले त पाठ्यपुस्तक अहिलेसम्म पाएका छैनन् भने दुर्गमका विद्यार्थीले पाउनसक्ने अवस्था तत्काल देखिँदैन।

विद्यार्थीको हातमा पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या भएको सत्यवादी माध्यमिक विद्यालयका शिक्षक लक्ष्मण उपाध्यायले बताए। जयपृथ्वी नगरपालिकाका शिक्षा संयोजक देवेन्द्र जोशीले भने पुस्तक खरिदको लागि चैतमै विद्यालयको खातामा रकम हालिसकेको भए पनि अहिलेसम्म हात नपरेको बताए। जिल्लामा अभाव भएका कारण कतिपय विद्यालयले धनगढी, महेन्द्रनगरबाट ल्याएर विद्यार्थीलाई पुस्तक वितरण गरेका छन्।


२४ भदौ २०७९, शुक्रवार १०:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु