punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

करिडोरसँगै पञ्चेश्वरमा पुलको माग

Chaupati
safha napa

महाकाली करिडोरको स्थलगत अवलोकन गर्न बैतडीको पञ्चेश्वर आइपुग्नुभएका नेपाली कांग्रेसका नेता रमेश लेखकसँग पञ्चेश्वरका स्थानीयले करिडोरसँगै महाकाली नदीमा पुलको माग राखेका छन् । महाकाली नदीमा पुल नहुँदा डुङ्गामार्फत जोखिम मोलेर नेपाल–भारत यात्रा गर्नुपरेकाले पञ्चेश्वर र शिवनाथ गाउँपालिकाका स्थानीयले नेता लेखकसँग महाकाली नदीमा झोलुङ्गे पुल निर्माणका लागि पहल गरिदिन माग गरेका हुन् ।

‘जनताको साथमा कांग्रेस’ अभियानका लागि केन्द्रीय प्रतिनिधि भएर बैतडी आइपुग्नुभएका नेता लेखकले भेटका क्रममा महाकाली नदीमा झोलुङ्गे पुल निर्माणका लागि भारतीय दूतावास र परराष्ट्र मन्त्रालयमार्फत दुई देशबीच छलफल गर्ने आश्वासन दिनुभएको छ । नेता लेखकले भने, “पाँच वर्ष पहिले आफू भौतिक पूर्वाधार विकासमन्त्री भएका बेला महाकाली कोरिडोरका लागि बजेट विनियोजन गरेर पहिलो पटक ठेक्का लगाउने काम सुरु गरेको थिएँ । अहिले के कसरी काम भइरहेको छ भनेर अवलोकन गर्न आएको हुँ । महाकाली नदीमा पुल निर्माणको माग पनि जायज छ । काठमाडौं फर्केपछि आवश्यक पहल गर्नेछु ।”

नेता लेखकले महाकाली कोरिडोर सम्पन्न भएपछि यस क्षेत्रका बासिन्दाको आर्थिक र सामाजिक प्रगति हुने भएकाले करिडोर निर्माणकार्यलाई तीव्रता दिन सरोकारवाला निकायलको ध्यानाकर्षण गराइसकिएको बताए । नेता लेखकले पञ्चेश्वर परियोजनाअन्तर्गतको ड्याम साइडको समेत अवलोकन गरे । पञ्चेश्वर परियोजना नेपाल र भारतको संयुक्त पहलबाट निर्माण हुने भएकाले दुई देशबीच कूटनीतिक पहल चालिएको उनले जानकारी दिए ।

पञ्चेश्वरका स्थानीयवासीले महाकाली करिडोर र नदीमा झोलुङ्गे पुलका बारेमा ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै नेता लेखकले महाकाली करिडोर निर्माणमा स्थानीयवासीले पनि चासो दिनुपर्ने बताए । कञ्चपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म ४२५ किलोमिटर लामो महाकाली करिडोरको हालसम्म १२५ किलोमिटर मात्रै ट्र्याक खुलेको छ । करिडोरको करिब ५१ प्रतिशत हिस्सा बैतडीले ओगटेको छ । २०८० सालमा निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कोरोना महामारीलगायतका कारण काममा ढिलासुस्ती भएको छ ।


२२ भदौ २०७९, बुधवार १५:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु