punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहिरोका कारण बिचल्ली

Chaupati
safha napa

बाजुराको खप्तड छेडेदह गाउँपालिका–३, पुडाबाउलाको दलित बस्तीका दर्जनौँ घरपरिवारको उठीबास भएको छ। गत बुधबार राति परेको अविरल वर्षाका कारण बस्तीको माथिबाट आएको पहिरोले घर पुरिदिएपछि पुडाबाउलाको दलित बस्तीका दर्जनौँ परिवारको उठीबास भएको खप्तड छेडेदह गाउँपालिका–३ का प्रेम सुनारले बताए ।

उनले भने, “पानी परेको बेलामा फेरि पहिरोले ठूलो रूप लिने हो कि भन्ने डरले यहाँका दर्जनौँ परिवारले घर छोडेर आफन्तकहाँ बस्ने गरेका छन्।” पुडाबाउला बस्ती निकै भिरालो ठाउँमा भएकाले कति बेला पूरै बस्ती नै पहिरोमा पुरिने हो कि भन्ने डरैडरमा रात काट्ने गरेको सुनारले बताए । सोही वडाका वडाध्यक्ष बिर्खबहादुर रावतले गत असारको पहिलो हप्तादेखि भदौसम्म परेको पानीका कारण बाढीपहिरोले पुडाबाउला, धुर्तोला, मौवाडी, टुनिसैन, धनाल्तलगायतका बस्ती जोखिममा रहेको बताए ।

बाढीपहिरोको जोखिममा रहेका यी बस्तीको स्थानान्तरण गर्नका लागि जिल्ला विपत् व्यवस्थापन समितिमा जानकारी गराएको वडाध्यक्ष रावतले जानकारी दिए । पुडाबाउलाको दलित बस्तीमा पहिरोले बाली पुर्नुका साथै दर्जनौँ घरमा ठूलो नोक्सानी भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक रामबहादुर थापाले जानकारी दिए ।


२० भदौ २०७९, सोमवार १४:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु