punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गौरा पर्वको विशिष्ट पहिचान : मुख्यमन्त्री भट्ट

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको गौरा पर्वको विशिष्ट पहिचान रहेको बताएका छन्। आज प्रदेशवासीका नाममा शुभकामना सन्देश दिँदै मुख्य मन्त्री भट्टले सुदूरपश्चिम प्रदेश बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक संगमको स्थल भएको बताए। उनले परापूर्वकालदेखि मनाउँदै आएको गौरा पर्वको आफ्नै ऐतिहासिकता र पौराणिकता रहेको बताए।

‘गौरा पर्व आपसी समझदारी र बन्धुत्वको भावना जगाई खुशियालीका साथ मनाउनु हुनेछ भन्ने विश्वास बोेकेको छु’, उनले भने, ‘यो पर्वले प्रदेशवासीबीच सद्भाव र एकता कायम गराई राख्नेछ भन्ने विश्वास लिएको छु।’ देश विदेशमा रहेका सुदूरपश्चिवासीलाई उनले गौरा पर्वका अवसरमा सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे।


१८ भदौ २०७९, शनिवार १५:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु