punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एक सातामा तोलामै २८ सय रुपैयाँ घट्यो सुनको मूल्य

Chaupati
safha napa

एक सातामा सुनको मूल्य तोलामै २ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबारदेखि यो शुक्रबारसम्मको अवधिमा सुनको मूल्यमा उच्च गिरावट आएको हो ।

शुक्रबार पनि सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला एक हजार १०५ रुपैयाँ कायम भएको छ । गत शुक्रबारदेखि निरन्तर सुन र चाँदीको मूल्य घटे पनि आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

आठ दिनको अवधिमा छापावाल सुनको मूल्य २ हजार ८ सय र चाँदीको मूल्य तोलानमा ७० रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटकै कारण नेपाली बजार पनि प्रभावित भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


१७ भदौ २०७९, शुक्रवार १४:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु