punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रदीप गिरिको स्मृतिमा आज देशभर दीप प्रज्वलन गरिने

Chaupati
safha napa

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको १३औँ पुण्यतिथिमा आज देशभर दीप प्रज्वलन गर्ने भएको छ । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले बुधबार विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्ला कार्यसमिति, विश्वविद्यालय समन्वय समिति, क्याम्पस एकाइ समिति र मातहतका सबै समितिलाई परिपत्र गर्दै स्व नेताप्रति श्रद्धाञ्जली अर्पण गरी उहाँको योगदानको चर्चा, स्मरण र रचनात्मक कार्यक्रम तथा आज साँझ दीप प्रज्वलन गर्न निर्देशन दिए ।

केन्द्रीय कार्यसमितिले शान्तिबाटीकामा दीप प्रज्वलन तथा श्रद्धाञ्जलीको कार्यक्रम राखिएको उनले जानकारी दिए । घाँटीको क्यान्सरबाट पीडित स्व गिरिको उपचारका क्रममा मेडिसिटी अस्पताल, ललितपुरमा यही भदौ ४ गते निधन भएको थियो ।

सिरहाको वस्तीपुरमा २००४ सालमा जन्मिएका स्व गिरि चार पटक सांसद बनेका थिए । उनी पछिल्लो पटक २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । अध्ययन, अनुसन्धान र लेखनमा रुची राख्ने उनी समाजवादी चिन्तकका रुपमा परिचित थिए ।

 


१६ भदौ २०७९, बिहीवार १०:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु