punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली जनपुस्तकालयले १५औ राष्ट्रिय पुस्तकालय दिवस मनायो

Chaupati
safha napa

कैलाली जनपुस्तकालय धनगढीले १५ औँ राष्ट्रिय पुस्तकालय दिवस बुधवार विविध कार्यक्रमका साथ मनाएको छ। कैलाली जनपुस्तकालयका अध्यक्ष संस्कृतिविद् डा. टी एन जोशीको अध्यक्षतामा सम्पन्न समारोहमा प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री डा।रणबहादुर रावल प्रमुख अतिथि र प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका विशिष्ट अतिथि थिए।
समारोहमा कैलाली जनपुस्तकालयले प्रदान गर्ने यस वर्षको वसुन्धरा राष्ट्रिय छन्द पुरस्कार वरिष्ठ कवि मदन पुरस्कार विजेता डा.नवराज लम्साललाई प्रदान गरिएको छ । यसै गरी यस वर्षको पूर्णानन्द राष्ट्रिय शिक्षा सेवा पुरस्कारबाट सह प्रा।लक्ष्मीप्रसाद भट्टराईलाई पुस्तकालयले सम्मानित गरेको छ।

वसुन्धरा राष्ट्रिय छन्द पुरस्कारको स्थापना वरिष्ठ कवि मनि राज जोशीले आफ्नी माताको स्मृतिमा गरेका हुन् भने पूर्णानन्द जोशी राष्ट्रिय शिक्षा सेवा पुरस्कारको स्थापना शिक्षा सेवी पूर्णानन्द जोशीले गरेका हुन्। समारोहमा गौरा नृत्य, तथा तीज नृत्य प्रदर्शन गरिएको थियो।

समारोहमा प्रमुख अतिथि डा. रावल र विशिष्ट अतिथि राज्यमन्त्री रैकाले विभिन्न स्रष्टाहरूका कृतिहरूको विमोचन समेत गरेका थिए। कार्यक्रममा वरिष्ठ कवि यज्ञराज यात्रीले आफ्ना माता पिताको स्मृतिमा पुस्तकालयमा पुरस्कार स्थापना गर्न एक लाखको चेक अक्षयकोषका लागि अध्यक्ष डा.टी एन जोशीलाई हस्तान्तरण गरे।

विभिन्न साहित्यकार, समाजसेवी,पत्रकार, संस्कृतिकर्मी, कलाकारलगायतको उपस्थिति रहेको कार्यक्रममा १५ औ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा आयोजित निबन्ध र हाँजिरीजबाफ प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो।


१५ भदौ २०७९, बुधवार २२:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु