punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१२ वर्ष मुनिका बालबालिकालाई आजदेखि फाइजर खोप दिइने

Chaupati
safha napa

५० वटा जिल्लाका पाँच वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई आज आइतबारदेखि फाइजर खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिन सुरु गरिने भएको हो । यहि भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोश्रो मात्रा खोप सञ्चालन हुने भएको हो ।

प्रदेश-१ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर तथा मधेश प्रदेशका बारा, रौतहट र सर्लाही, बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाल्चोकमा फाइजर खोप दिइने मन्त्रालयले जनाएको छ ।

त्यसैगरि गण्डकी प्रदेशका बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँ तथा लुम्बिनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा र पूर्वी रुकुममा सोही अवधिमा खोप लगाइने भएको छ । कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोट रहेका छन् ।

सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिकालाई फाइजर खोप दिइनेछ । २७ जिल्लामा भने यस अघि नै बालबालिकालाई खोप लगाई सकिएको मन्त्रालयले जनाएको छ ।


५ भदौ २०७९, आइतवार १०:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु