punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा ज्वरोका बिरामी बढे

Chaupati
safha napa

कञ्चनपुरमा ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। लालझाडी गाउँपालिकाको देखतभुली स्वास्थ्य चौकीका प्रमुख लीलाकान्त झाका अनुसार दैनिक ३० देखि ३५ जना ज्वरोको समस्या लिएर आउने गरेका छन्। स्वास्थ्यकर्मीले बिरामीलाई जाँच गरी औषधि उपलब्ध गराउने काम भइरहेको स्वास्थ्य चौकीले जनाएको छ।

‘स्वास्थ्यचौकी पुग्ने ज्वरोका बिरामीमध्ये आधाभन्दा बढीमा कोरोनाको जस्तै लक्षण देखिने गरेको छ’, उनले भने, ‘यस्ता बिरामीलाई आइसोलेट गर्नुपर्छ। तर त्यो हुनसकेको छैन । त्यसैले पनि ज्वरोको लक्षण भएका आउने बिरामी बढेका छन्।’

शुक्लाफाँटा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रमा दैनिक उपचारका लागि पुग्ने ३०० बढी बिरामीमध्ये आधा बढी बिरामी ज्वरोका रहेकाछन्। तीमध्ये धेरैजसो बिरामीको लक्षण कोरोनासँग मिल्दोजुल्दो छ।

मौसम परिवर्तनसँगै ज्वरोका बिरामी बढेको उनको भनाइ छ। ज्वरोसँगै टाइफाइड, रुघाखोकीसँगै दूषित पानीका कारणसमेत बिरामीको संख्या बढेको छ। दोधारा चाँदनी प्राथमिक स्वास्थ केन्द्रका चिकित्सक आशिष पोख्रेलका अनुसार दैनिक केन्द्रमा १०० बढी बिरामी उपचारका लागि पुग्छन्। तीमध्ये ७० प्रतिशत बिरामी भाइरल ज्वरोका छन्।

बिरामीको जाँचसँगै औषधि उपलब्ध गराई उमालेको पानीको प्रयोग गर्न सुझाव दिएको आएको चिकित्सक पोख्रेलले जानकारी दिए। महाकाली अस्पतालमा समेत उपचारका लागि पुग्नेमध्ये ६० प्रतिशत बढी बिरामी ज्वरोका छन्।


१ भदौ २०७९, बुधवार १०:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु