श्रीमतीको हत्या गरी फरार रहेका एक जना कञ्चनपुरबाट पक्राउ
अछाममा श्रीमतीको हत्या गरी फरार रहेका एक जना पक्राउ परेका छन् । हत्या गरी फरार रहेका आरोपितलाई कञ्चनपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
साउन ११ गते राती पञ्चदेवल बिनायक नगरपालिका–७ पुल्लेतोलाका पदम कामीले ४५ वर्षीया मन्ना कामीको हत्या गरि फरार भएका थिए ।
उनलाई बुधबार कञ्चनपुर प्रहरीको सहयोगमा भीमदत्त नगरपालिकाको वडा एरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
२६ साउन २०७९, बिहीवार १४:३४ बजे प्रकाशित































