सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढ्यो
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर ९७ हजार १ सय रुपैयाँ तोकिएको छ ।
पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ४ सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १ हजार २ सय ३० तोकिएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
२५ साउन २०७९, बुधवार १२:५० बजे प्रकाशित































