स्रोत नखुलेको झण्डै ५० लाखसहित काठमाडौंबाट एकजना पक्राउ

काठमाडौं महानगरपालिका-६ तिनचुली बगला मार्गबाट स्रोत नखुलेको ४९ लाख ५० हजार ५० रूपैयाँसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा चुमनुब्री गाउँपालिका-१ घर भएका २४ वर्षीय धावा घ्याल्चेन छन् । काठमाडौं महानगरपालिका-६ भृकुटी चोकबाट बा.९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई स्रोत नखुलेको नगद ३२ लाख ५० रूपैयाँ सहित फेला पारी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले उनको कोठाबाट थप १७ लाख ५० हजार रूपैयाँ बरामद गरेको हो ।


१९ साउन २०७९, बिहीवार १२:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु