सिमा नाका व्यबस्थित गर्न भन्दै अनुगमन

सिमा नाका व्यबस्थित गर्न भन्दै सुदूरपश्चिम पश्चिम प्रदेशका सामाजिक बिकास मन्त्रालय,धनगढी उप महाँनगरपालिका र पूर्नवास नगरपालिकाले गौरीफन्टा नाकामा अनुगमन गरिएको छ ।

कोभिड संक्रमण बढ्न थालेपछि सिमा नाका व्यबस्थित सहित कडाई गर्नका लागि विहिवार गौरीफन्टा नाकामा रहेका हेल्थडेस्क र होल्डिङ सेन्टरको अनुगमन गरेको र यहाँ भएका समस्या सामाधान गर्ने सामाजिक बिकास मन्त्री गोबिन्द बोहराले बताए । उनले कोरोना भाईरसको संक्रमण बढ्दै गएकाले यस बाट बच्न स्वस्थ्य मापदण्डको पालना गर्न आग्रह गरे ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सामाजिक बिकास मन्त्रालय,धनगढी उपमहानगरपालिका र पूर्नवास नगरपालिका मिलेर कोरोना नियन्त्रणमा लाग्ने बताए । उनले पछिल्लो समयमा कोरोना संक्रमण बढ्दै गएकाले यहाँ भएका कर्मचारी लगाएतको समस्या सामाधान गर्न पहल गर्ने जानकारी दिए ।


१९ साउन २०७९, बिहीवार ०९:५८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु